स्वास्थ्य

२६औं अन्तर्राष्ट्रिय अपांग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । अन्तर्राष्ट्रिय अपांग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । २६औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा सरकारी तथा गैर सरकारी स्तरबाट विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन यो दिवस मनाउन लागिएको हो । सरकारले पनि दिवसका अवसरमा काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिकृया दिनुहोस