साहित्य

तथागत

उस्ताद सुदर्शन राजोपाध्याय्


तथागतको रुपमा
यस संसारमा आउनु भयो
विश्वमा शान्ति छर्नु भयो
मानव समुहमा शान्तिको
गुणगान फैलाउनु भयो
शान्तिको ज्ञान दिनु भयो
बुद्वको नामबाट यो विश्वमा
चर्चित हुनु भयो
विश्वमा नै ज्ञान भण्डारण गर्न
सहयोग गर्नु भयोे ।


नेपालको लुम्बिनीमा
जन्मिनु भएका तपाई
दरबार र परिवार त्याग गरेर
शान्तिको सन्देश यो संसारमा
चारैतिर फैलाउनु भयो
सांसारिक लोभ लालच, द्वेष,
झगडा, हत्याहिंसा सबै छोडेर
शान्तिको पोखरीमा पौडिन
विशाल बिद्या दिनु भयो ।।

तपाईको गुणलाई मानिसहरुले
गीत बनाएर दैनिक
सम्झिरहेका छन्
विशाल ज्ञान दिनु भएका तपाई
नेपालीहरुको बहाल, चोक,
घरघरमा शान्तिको प्रतिक हुनुहुन्छ
धन्य तपाई नेपालीलाई
आशिष दिएर मनमष्तिस्कमा
बस्नु भएको छ ।

नेपालीलाई शान्तिको बाटो
देखाउनु भएका तपाई
जहाँ गएपनि जहाँ बसेपनि
तपाईलाई सदा सम्झन सकोस्
तपाईको आशिष नेपालीको लागि
सहारा बन्न सकोस्
बुद्वम् शरणं गच्छामि ।।
उस्ताद सुदर्शन राजोपाध्याय्

 

प्रतिकृया दिनुहोस