साहित्य

आत्माले भन्छ मलाई

अम्बिका गुरुङ
हो तिमीले दिएका व्यथाहरु
म भित्रबाट सहि नसक्नु भएर
बाहिर पछारिन्छ
मेरा आखाहरुमा नियालेर हेर
काला काला धब्बाहरु
मेरा आखाहरुमा खडेरी परेको छ
आशुजत्ति रित्तिएर ।

तिमिलाइ त सन्तोष होला
भएभरको पिरजति मलाइ बोकाएर
यी मेरा कलेटी परेका ओठहरुमा
अलिकति छरिएका हाँसोहरुलाई
तिमि नसोच म खुशी छु भनेर
आखिर तिम्रो र मेरो अनुमोदन थियो
किन म मात्रा खप्ने यी व्यथाहरु
मेरो र तिम्रो सहमति थियो
हाम्रो भाग्य लेख्ने ।।

तिम्रो ठुलो हात थियो
हाम्रो कर्म बनाउने
तिमि भन
मेरो बाच्ने आधार के छ
तिमीले छोडेका
यी लाला बालाहरु बाहेक
जुन तिम्रो पुरुषार्थको फल हो
तिमि आफ्नै मुटुको धड्कन सुन
अनि सोच
अनि यिनीहरुको दोष बताउ
मैले आफ्नो मर्यादा कहिले नाघिन
तिम्रो जिवनको हरेक मोडमा
म तिम्रै साथ् थिए
तर तिमि
हाम्रो जिबनको सुरुवात
राम्ररी हुर्किन नपाउदै
तिमि अर्को एउटा जिबनको
बलात्कार गर्न लागिरहेका छौ
तिमी फेरि अर्को एक कुमारीको
कुमारीत्वको हत्या गर्न गइ रहेको छौ ।।

भन्छन ममाताहीन मान्छेसंग
कुनै नाता नजोड्नु
जसले तिमिलाइ नै
अपेछित गरिदिन्छ
हो सांचो हो
अनि भन्छन
गम्भीर चोटले मान्छेलाई
बाच्न सिकाउछ
हो म यसमा सहमत छु
त्यसैले
अब म कत्ति पनि
कमजोर बन्ने छैन
किन भने
म आजको आइमाई हु
तिम्रो चोटले मलाइ
आत्माबल बढाएको छ
ममा जिबनसंग लड्ने
ताकत आएको छ ।

मेरो आत्माले भन्छ मलाई
म आजको आइमाई हु
तिमी आकासमा उड
पन्छी जस्तै भएर
अनि तिमि चिन्ताबाट
मुक्त हुनेछौ
मेरो आत्माले भन्छ मलाई
सागरको गहिराइमा डुबेर हेर
त्यहां अशिम माया पाउने छौ
मेरो आत्माले भन्छ मलाई
ममा बुद्धिमानी र प्रतिभा दुवै छ
आफुलाई कमजोर नठान ।।

मेरो आत्माले भन्छ मलाई
म घोडा जस्तै भाग्छु
आफुलाई लंगडो नठान
मेरो आत्माले भन्छ मलाई
म कुकुर जस्तै बफादार छु
आफ्नो इमान्दारीमा शंका नगर
मेरो आत्माले भन्छ मलाई
म कोहिली जस्तै गाउछु
मन फुकाएर गित गाए हुन्छ

मेरो आत्मा ले भन्छ मलाई
म एउटा नर्तकी जस्तै नाच्छु
सरम नमाने हुन्छ
मेरो आत्माले भन्छ मलाई
म विश्वको सबभन्दा
राम्री आइमाई हुं
आफुलाई गर्व गरे हुन्छ ।।

प्रतिकृया दिनुहोस