प्रवास

केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रुपमा नेपाली युवती

काठमाडौं । अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ ।प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

प्रहरी स्रोतका अनुसार युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रुपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाई, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन् ।प्रहरी स्रोतका अनुसार सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटो सुट ह्वाट्सएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे ।प्रहरीका अनुसार नाच्ने काम भनिए पनि धनी ग्राहकको यौन अपेक्षा पुरा गर्ने काम पनि ती युवतीको हुन्थ्यो । –कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस