विविध

रोटरी क्लव अफ जावलाखेलद्वारा न्यानो कपडा तथा खाद्यान्न प्रदान

ललितपुर । रोटरी क्लव अफ जावलाखेलले मंगलवार थसीखेल स्थित “स्नेहको काख “ नामक सस्थालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेको छ । उक्त संस्थामा रहेका असहाय,अनाथ तथा मानसिक रुपमा अस्वस्थ भएका नागरिकलाई क्लवका प्रतिनिधी पुगेर न्यानो कपडा तथा खाद्यान्न प्रदान गरेका हुन् । उक्त कार्य क्लवकी एडमिन चेयर बालिका गुरागाईको संयोजनमा सम्पन्न भएको थियो । संस्थाकी अध्यक्ष स्नेहा पोखरेलले जाडोमा न्यानो कपडा एवं खाद्यान्न प्रदान गरेकोमा क्लवप्रति आभार प्रकट गरेकी थिईन । ।

प्रतिकृया दिनुहोस