विविध

हिमालकी छोरी लाक्पाफुटी शेर्पा

  लाक्पाफुटी शेर्पा सोलुखम्बु चौरिखर्ककी स्थानिय वासिन्दा हुन् । विस २०१६ सालमा उनी काठमाडौं आइन । उनको बाल्यकाल हिमालसंग वित्यो, युवाकालमा उनी राजधानी आईन अनि  ट्रेकिङ व्यवसायमा लागिन उनी । उनी संघर्षकी प्रतिक हुन । उनी साहस र सौर्यकी उदाहरण हुन् । हसिलो अनि फरासिलो उनको स्वभाव हो । समाजसेवी हुन । समाजसेवाको भावनाले ओतप्रोत नारी । उनी शुरुमा पर्यटकको भरिया बनिन । पछि किचन हेल्पर, गाईड हुदै उनी शेर्पा एण्ड स्विस एडभेन्चर नामको एजेन्सी खोलिन । ४० वर्षअघि पर्यटन क्षेत्रमा लागेकी शेर्पा पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्दा उनको समूहको साहयक लिडरका रुपमा रहेकी थिइन । उनी ८ हजार मिटर सम्म पुग्न सफल भएकी थिईन । पासाङको निधन पश्चात त्यो आरोहणलाई उनले त्यही स्थगित गरेर फर्केकी थिइन । पासाङ ल्हामु शेर्पाको सगरमाथाको चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार ७०० मिटरमा रहेको साउथ समिटमा निधन भएको थियो । पासाङ ल्हामुको सहयात्री हुन पाउदाको क्षण उनी जति खुशी भइन पासाङलाई गुमाउदा उनी त्यत्तिकै मर्माहत पनि बनिन । शरिरले सक्दा सक्दै आफु समिट पुग्न नपाउदा उनलाई दुख पनि लाग्यो तर पनि टिममा पासाङ ल्हामुले शिखर चुम्दा भने उनलाई आफैले चुमेको जस्तो अनुभूति भयो । पासाङलाई गुमाएपनि, आफु शिखर चुम्न नसकेपनि पर्यटन क्षेत्रको उनको क्रियाशिलता भने कायमै रह्यो । आजपर्यन्त पनि उनको पर्यटन व्यवसायमा गतिशिलता उत्तिकै छ ।

उ बेला पर्यटन क्षेत्रमा लाग्ने महिलालाई सजिलो अवश्य थिएन । सवैखालका चुनौतिलाई उनले सामना गरिन र उनी निरन्तर रुपमा लागि परिरहिन । शेर्पा एण्ड स्विस एडभेन्चर नामको एजेन्सी खोलीन पछि उक्त एजेन्सी भाइलाई दिएर एडभेन्चर सिस्टर नामको टे«किङ कम्पनी खोल्न पुगिन । अहिले पनि उनी यही एजेन्सीमार्फत पर्यटन व्यवसायमा सक्रिय छिन् । उनले शुरु गर्दा पर्यटकको संख्या राम्रो भएको उनी बताउंछिन् । उ बेला नेपालमा क्वालिटिका पर्यटक आउने उनी सुनाउछिन । भन्छिन त्यतिवेला टुरिष्ट पैसा तिर्नका लागि हिचिकिचाउदैन्थे । उनको अनुभवमा अहिले नेपाल आउने पर्यटक बढि बार्गेनिङ गर्छन । एकातिर ट्रेकिङ एजेन्सीहरुको संख्या बढेको छ, अर्कातिर ऐजेन्सीविचमा प्रतिस्पर्धा अस्वस्थ बनिरहेको छ । अहिले एजेन्सीमार्फत भन्दा पनि सिधै गाईडमार्फत जाने चलन बढेको उनी बताउंछिन् । तर त्यसरी जादा जोखिम हुने उनको बुझाई छ ।

नेपालमा पर्यटनको अवस्था अहिले राम्रै भएको उनी बताउंछिन । हरेक कुरामा बेसी बार्गेनिङ गर्ने पर्यटकको संख्या बढिरहेको उनको तर्क छ । नेपलमा गयो भने बार्गेनिङ गर्न पाईन्छ भन्ने मानसिकता पर्यटकमा विकास भएको शेर्पाको भनाई छ । राज्यले पनि निश्चित वर्षसम्म गाईडको अनुभव भएपछि मात्र कम्पनी खोल्न पाउनुपर्ने नियम लागु गर्नुपर्ने उनको तर्क छ । उनी नेपाल सरकार अन्र्तगतको निकाय नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानको दुई कार्यकालसम्म कार्यकारी निर्देशक भइन । उनी कार्यकारी निर्देशक हुदा नै उनी र उनको टिमले पर्यटन मन्त्रालय अन्र्तगत त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन लिएर चार वर्षे कोर्ष ब्याचलर इन माउण्टेनरिङ शुरु गरिन । उक्त कोर्ष अहिले नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानमा चलिरहेको छ । उनको कार्यकाल सकिएपनि उनी उक्त काममा सहयोग पुर्याईरहेकी छिन् । उनी रोटरियन पनि हुन् । रोटरी क्लव अफ दरवारमार्गको टि आर एफ चियर । यसका अतिरिक्त उनी लगायत उनका केहि साथीहरुले एउटा अनाथलय पनि संचालन गरेका छन् । शुरुमा केन्द्रिय कारागारवाट चारजना बच्चा र बाहिरका बच्चा ल्याएर आशा ओर्फन मार्फत करिव ४० जनाको हाराहारीमा त्यसता असहाय, अनाथ बालबालिकाको शिक्षादिक्षा पालनपोषण गरिसकेको छ उक्त संस्थाले । ओर्फन हाउसले ल्याएको बच्चालाई उच्च शिक्षा कक्षा १२ सम्म पढाउने र जागिरमा लगाईदिनेसम्मको काम गर्छ । ओर्फन हाउसमा ल्याएका कति अहिले नर्सिङ पढिरहेका छन् त कति डाक्टर अध्ययन गरिरहेको त कति जागिर गरिरहेको उनी बताउंछिन् । उनका दुई कृति प्रकाशित छन् । आत्मसंस्मरण हुन ति । हिमालकी छोरी र हिमालमा ४० वर्ष । समाजसेवावाट प्राप्त हुने आनन्द अन्त कतैवाट प्राप्त नहुने अनुभव छ हिमालकी छोरी लाक्पाफुटी शेर्पाको ।

प्रतिकृया दिनुहोस