विचार/ब्लग

सन्दर्भ : सर्वसत्तावादी सिद्वान्त

शीला सिंह
      हाल पूंजीवादी साम्राज्यवादले जोडतोडका साथ साम्यवाद भनेको सर्वसत्तावादी शासन हो जसले समाज र व्यक्तिहित बिपरित शासन गर्छ भनेर स्टालिन र हिटलरलाई एकै खेमामा राखेर प्रचार गर्ने गर्छन । र यो प्रचारको प्रभावमा परेर विश्वभरिका अधिकांश कम्युनिष्टहरुले संशोधनवादी लाईन अंगाल्न पुगे र पूंजीवादी साम्राज्यवादलाई मलजल गरे र कम्युनिष्ट क्रान्तिलाई रक्षात्मक स्थितिमा पुर्याए । यथार्थमा विशेष गरेर कम्युनिष्टले स्टालिनलाई वैज्ञानिक ढंगवाट बुभ्न अत्यन्तै जरुरी छ । हा,े स्टालिनले ठूला गल्ती गरे जुन अत्यन्तै हानीकारक पनि थियो । तर उनमा त्यो साेंच किन उत्पन्न भयो भनेर समीक्षा गर्न जरुरी छ । उनले झेल्नु परेको तत्कालिन वस्तुस्थिति र सोभियत समाजवादी सत्ता नै आधुनिक इतिहासको पहिलो समाजवादी सत्ता हुनुले पनि स्टालिनले त्यसका सकारात्मक एवं नकारात्मक अनुभव हासिल गर्न नपाउनु आदि इत्यादी रहे । तर स्टालीनले गरेका कमीकमजोरीलाई फांसीवादी हिटलरसंग जोडेर प्रचार गर्नु गलत मात्र नभई आपत्तिजनक पनि छ ।

   सर्वसत्तावादको सिद्दान्त साम्यवाद र फांसीवाद सर्वहारा वर्गको अधिनायकत्व र फांसीवादी अधिनायकत्व, स्टालिन र अडोल्फ हिटलरलाई समान देखाएर वास्तविकताको निरुपण गर्दछ । सोभियत समाजवादी सत्ता (१९१७—१९५०) र नाजि जर्मनी (१९३२—१९४५) हरेक प्रमुख पहलुमा दुई धुव्रिय विपरित समाज थिए । त्यसका आर्थिक आधार, राजनैतिक र सामाजिक संरचना, उद्देश्य र नेतृत्वको विश्व दृष्टिकोण पथप्रदर्शक सिद्वान्त र समाज परिचालन नितान्त दुई भिन्न तरिका थिए । सर्वसत्तावादको सिद्दान्तले एकातिर कम्युनिष्टको वास्तविक क्रान्तिकारी इतिहास र त्यसले गरेका उपलब्धीहरुको झुठको आधारमा तोडमरोड गरेर नकारात्मक व्याख्या गर्छ भने अर्को तर्फ नाजि जर्मनी र पूंजीवादी व्यवस्थामै आधारित थियो भन्ने लुकाउछ । र यहि उदारवादी प्रजातान्त्रिक पूंजीवादी व्यवस्था मानव इतिहासमा उच्चतम व्यवस्था थियो र हुनुपर्छ भन्ने वकालत गर्दछ ।

सर्वसत्तावादको सिद्वान्त मुख्यत साम्यवाद विरोधी र त्यसकोे विचारधारा साम्यवादी क्रान्तिलाई भयावह देखाउनु हो । अन्तत जनतामा यहि भयानक कहालीलाग्दो विश्व पूंजीवादी व्यवस्थालाई मेलमिलाप गरेर अपनाउन लगाउनु प्रमुख लक्ष्य हो । यहां म सर्वसत्तावादी सिद्दान्त अवैज्ञानिक र झुटको आधारमा खडा गरेको सिद्दान्त हो भनेर विस्तृत बुँदागत रुपमा सम्प्रेषण गर्न चाहान्छु ।

१ — सोभियत समाजवादी सत्ता र नाजि जर्मनी दुई भिन्न वर्गीय शासन व्यवस्थामा उत्पति भएको हो  :
सोभियत समाजवादी सत्ताको उत्पति पहिलो विश्य युद्वले उत्पन्न गरेको क्षतविक्षत परिस्थिति भयावह मृत्यु, भोकमरी, शोषण, दमन थेग्न नसकेर बोल्सेभिक पार्टीको नेतृत्वमा सन १९१७ मा जनक्रान्तिदारा पुरानो शोषक वर्गलाई हटाएर शोषित मजदुर अनि किसान वर्गले चलाएको वर्गीय शासन व्यवस्था थियो । यसले पूंजीवादी साम्राज्यवादीलाई शासक वर्र्गबाट मिल्काई दिएको थियो । यसले बचेखुचेको राजनीतिक सैन्य शक्ति १९१८—२० सम्मको गृहयुद्वमा छिन्न भिन्न बनाइदिएको थियो । यस क्रान्तिले नयां शासन संरचना सर्वहारा वर्गको अधिनायकत्व अन्र्तगत हिजोको शोषित पिडित वर्ग र समाजका विभिन्न तह र तप्कालाई एक बनाएर समाजको जिम्मेवारी बहन गर्न सशक्तिकरण गर्यो । र यसले नयां सामाजिक सांस्कृतिक सम्बन्ध विकास गर्न प्रेरित गर्यो । ठिक यसको विपरित नाजि जर्मनी पहिलो विश्वयुद्वमा हार बेहोरेर १९१८ मा बदला भाववाट ओतप्रोत शुद्व नश्लवादी महान शाही जर्मनीको पुर्नस्थापना गर्ने दृष्टिकोणवाट उत्पति भएको समाज थियो । हिटलरले १९२० को अवधिभर नश्लवादी,प्रतिक्रियावादी आधारमा समाज निर्माण गरे । अन्तत हिटलरलाई परम्परागत पूंजीवादी साम्राज्यवादी शासक वर्गले उसको कार्यक्रममा समर्थन जनाए । नाजि व्यवस्था,जर्मन औद्योगिक वित्तिय पूंजीवादको आधारमा खडा भएको थियो । हिटलरले आर्थिक सैन्य शासकसंग जर्मनीलाई फेरि विश्वको महान शाही शक्ति बनाउने कार्यक्रम अन्तर्गत एकता गरेका थिए । फासीवादी शासन प्रणालीमा जनता न्यून अधिकारबाट बन्चित थिए । अवाञ्छनीय श्रेणीहरु उत्पन्न गरेको थियो भने बर्बर अन्याय अत्याचार मार्फत समाज नियन्त्रणमा राखेको थियो । यसको प्रथम उद्देश्य साम्यवादीको विनाश थियो ।

२ — यी दुई शासन प्रणाली भिन्न आर्थिक नीतिमा आधारित थिए : 

सोभियत समाजवादी अर्थ प्रणाली इतिहासकै प्रथम योजनावद्व अर्थनीति थियो । यो पूंजीवादी अर्थनीति भन्दा भिन्न समाजको जरुरत अनुरुपको उत्पादन नकि मुनाफामुखी उत्पादन सिद्वान्तमा आधारित थियो । जसले जनताको भौतिक अनि सांस्कृतिक आवश्यक्ता परिपूर्ति गर्न स्वयं मजदुर अनि किसान वर्गलाई जिम्मेवारीबोध गराउँथ्यो र योजनावद्व एवं सचेत ढंगवाट चौतर्फी समान आर्थिक विकासको नीति अन्र्तगत समाजको साधन स्रोत बाँडफाड गरिन्थ्यो । सोभियत समाजवादी अर्थनीति विश्वभर मुनाफाका लागि फैलाउने र शोषण गर्ने नीति विपरित थियो । त्यस्तै अरु क्षेत्र र जनतालाई औपनिवेश बनाउन विरोध गर्दथे । यसले आत्मनिर्णयको अधिकारको नियमको सम्मान गर्दथ्यो । र साम्राज्यवादी औपनिवेश विरोधी क्षेत्रिय संघर्षलाई सहयोग र समर्थन गर्दथे । ठिक यसको विपरित हिटलर नाजि जर्मनको अर्थनीतिले पूंजीवादी स्वामित्वमा टिकाएर ज्याला मजदुरलाई नियन्त्रण र शोषण गर्न सुदृढ बनाएको थियो । जुन हिंस्रक सैनिकी अर्थतन्त्रमा रुपान्तरित भयो । जर्मनी साम्रज्यवादी सत्ता राज्यहरण,युद्व र लुटद्वारा यूरोपको व्यापक भूभागमा साधन स्रोत र श्रमको नियन्त्रण गर्न खोज्थ्यो ।
३ —मानवमुक्ति विरुद्व मानव शोषण :
नाजि जनर्मनीको पूर्ण कार्यक्रम महिलाहरुलाई अधिनमा राख्नु थियो । नाजिले महिलाहरुलाई श्रमशक्तिबाट बाहिर धकेली आज्ञाकारी, प्रजनन प्रयोजन र पैत्रिक भूमीको लागी आमाहरुमा सिमित गर्न खोज्यो । (भान्छा, बालबच्चा र गिरिजा घर ) को नारा सर्वत्र थियो । राज्यको मूलधारको संचार माध्यम र शैक्षिक नीतिमा नाजिको गुणगान उल्लेखित हुन्थ्यो । नाजिको संस्कृति आर्यन पुरुष, पितृसतात्मक र नश्लवादी लडाकु थियो । त्यसको विपरित सोभियत समाज महिला मुक्तिको लागि दृढ थियो । १९३० को प्रारम्भसम्म सोभियत समाजले परम्परागत लैगिंक भूमिका र महिला दासत्व रिवाज जसमा इस्लामिक कानून ( सरिया ) लाई ठाडो चुनौति दिइराखेको थियो । गर्भपतन र सम्बन्धविच्छेदले वैधानिकता प्राप्त गरिसकेको थियो । इतिहासमा यो भन्दा पहिले महिला शोषक उन्मूलनमा केन्द्रित रहेको समाज पाईदैन ।
४ — जातिय शुद्दता विरुद्व बहुजातिय समानता  :
नाजि जर्मनीको उद्वेश्य पश्चिमा जगतमा जर्मन प्रभूत्व जाति भनाउदोको शासन प्रणाली स्थापना गर्नु थियो । मात्र जर्मन जातिय योग्यलाई मात्र प्रजननका लागि लायक मानिन्थ्यो । नाजि जर्मनीको सामाजिक नीति अवर जर्मन (जस्तै मानसिक असन्तुलित विकासात्मक रुपमा असक्षम समलैगिंक र असामाजिक ) लाई बन्ध्याकरण र उपचारविहीन माध्यमवाट लुप्त गर्ने उद्देश्य थियो । अन्तत नाजि सत्ताले युरोपमा युहदी लगायत अरु जातिय समूहको नरसंहार तवाही कार्यक्रमको शुरुवात गर्यो । हिटलरले बोल्सेभिक र यहुदीको काल्पनिक षडयन्त्र प्रचार गरेर दुवैको खतम गर्ने प्रयत्न गरे । त्यसको ठिक विपरित समाजवादी सोभियत संघ विश्वको पहिलो बहुजातिय समानतामा आधारित समाज थियो । यसले जातिय विविधतालाई महत्व दिएर प्रवर्दन गर्यो । महान रसिया अन्धराष्ट्रियता विरुद्व अभियान उठान गर्यो । यसले अल्पसंख्यक जाति रहेका क्षेत्रमा स्वयत्त क्षेत्र घोषणा गर्यो जहां आफ्नो मातृभाषामा पठन पाठन सरकारी कामकाजीमा सम्भव बन्यो । सोभियत वैज्ञानिक र शिक्षकद्वारा पिछडिएको जात र सर्वश्रेष्ठ जातको मिथ्या ध्वस्त गरिदिए । यहुदीमाथि हुने अत्याचार सोभियत संघले अन्त्य गरे । दोस्रो विश्वयुद्वमा सोभियत संघ मात्र एक राष्ट्र थिए जसले क्रियाशिल भएर व्यापक यहुदीहरुको ज्यान बचाएका थिए । पूर्वी यूरोपमा विश्व युद्वताका सोभियत लालसेना परेड गर्थे , सोभियत सेना जहां परेड गर्दथे त्यहां यहुदीहरुलाई संरक्षण दिन्थे । र जहां नाजि सेना परेड गर्थे त्यहां उनीहरुले यहुदीको नरसंहार गर्दथे । १९४० मा सोभियत संघको नियन्त्रणमा परेका २ लाख पोल्याण्डका यहुदीहरु जर्मन हलोकस्टवाट छुटकारा पाएका थिए ।
५  — सोभियत संघमा कुनै मृत्यु शिवर थिएन  :
१९३६—३८ को दशकमा साम्राज्यवादी बृहत आक्रमणको चुनौति बढदै गएको स्थितिमा सोभियत समाजवादी सत्ताले जंगी कारबाही परिचालन गरे । यस अभियानको दायरा अत्यन्तै फराकिलो हुन पुग्यो र धेरैको अधिकार हनन् भयो । धेरै निर्दाेष जनता गिरफ्तार पश्चात मारिए । तर त्यहां कुनै मृत्यु शिविर भन्ने थिएन । न कुनै जातिय समूहलाई सिध्याउन लक्षित गरेका थिए । १० औ लाख जनता स्टालिनले मारे भन्ने दाबा केवल शुद्व मिथ्या हो ।
— वास्तवमा हिटलरलाई परास्त गर्न कसले निर्णायक भूमिका निभायो :
सर्वसत्तावाद सिद्वान्तले स्टालिन र हिटलरलाई समान देखाउनु वास्तविक तथ्यले स्पष्ट नर्काछ । किनकि समाजवादी सोभियत संघ र पूंजीवादी नाजि जर्मनी परस्पर घातक शत्रुतामा बाधिएका थिए । जव १९४१ मा नाजि जर्मनीले बिजय प्राप्तिको लागि सोभियत संघ माथि आक्रमण गरे, मानव इतिहासमा पहिलो यो तहको तवाही र बर्बादी पाईदैन जसमा हिटलरले आफ्ना सेनालाई कडा निर्देशन दिएको थियो । पूर्ण विनाश लागि मानवताविरोधी जुनसकै सिद्वान्त अपनाउनुपरेपनि पछि नहटनु । तर स्टालिनको नेतृत्व र निर्देशनमा समाजवादी सोभियत संघका लालसेनाले जवाफी हमला मात्र गरेनन, अत्यन्तै साहसका साथ हिटलरलाई परारस्त गर्न २ करोड ६० लाख सोभियत जिवनको मूल्य चुकाएर निर्णायक भूमिका खेलेर सफल तुल्याए ।

७ — दुई भिन्न वैचारिक दष्टिकोण :

साम्यवाद एक विज्ञान हो । यो अन्तराष्ट्रियवाद हुन्छ । यसले वास्तविकता पत्ता लगाउन तर्कसंगत वैज्ञानिक विधिबाट अनुसन्धान गर्छ । यसको उद्वेश्य सचेत वर्गवाट शोषित पिडित वर्गको संघर्ष मार्फत शोषणरहित विश्व निर्माण गर्नु हो । जहांसम्म नाजिको दष्टकोणको आधार रगत र भूमि शुद्व नश्लवाद, पूरुष श्रेष्ठता, घृणा,आलोचनाको निन्दा र तर्कहिन थियो । अन्तत सर्वसत्तावादी सिद्वान्तले फैलाएको भ्रम सच्चा कम्युनिष्टहरुले तर्कसंगत जोडतोडले प्रतिवाद गर्नु आजको आवश्यक्ता बनेको छ । अझ बढि जानकारीको लागि सर्वसत्तावादी सिद्वान्तका प्रस्तावक विद्वान भनाउदा हाना आरेन्डको The origins of Totalitarianism र त्यसको सशक्त आलोचना बब अभाएकीन द्वारा लिखित Democracy : cant we do Better Than That अध्ययन गर्न पनि सिफारिस गर्दछु ।

 

प्रतिकृया दिनुहोस