साहित्य

किन किन बोल्न मन लाग्छ

अम्बिका गुरुङ
तर्क झुटो हुन् सक्ला
जुन म बयान गर्दै छु
मेरा हरेक शब्द
मिथ्या हुन सक्लान
त्यसैले त पहिले नै
माफिनामा चडाउदै छु ।

कहिलेकाँही यस्तै हुन्छ
तर पनि किन किन
बोल्न मन लाग्छ
धर्ती त मान्छेले
अंशबण्डा गरिसक्यो
आकास अझै खुल्ला छ
जुनपनि बाँडन खोजिरहेछ ।।

सूर्य अझै चोखो छ
मान्छे त रावण भन्दापनि
बलवान निस्केछ
त्रिभुवनराज गर्ने भन्छ
कल्प आयु बोकेर जन्मेको मान्छे त
यति विध्वंस गर्छ भने
दिर्घायु बोकेर जन्मे के गर्ला ?

त्यसैले,
नजाउ तल पानी जस्तै बगेर
तिम्रो अस्तित्व नै मेटिएला
नकमाउ नाम छलकपट गरेर
यो शिसाको संसार हो
छर्लङ्ग देखिन्छ
नलुकाउ सच्चाई आँखामा
अन्तरिक्षमा हराएको
शासनक्षेत्र झैँ होला ।।

प्रतिकृया दिनुहोस