कला/मनोरञ्जन

‘सत्रुगते’को छायांकन स्थलमा नै आफ्नो ६१ औँ जन्मदिन मनाए कलाकार हरिवंश आचार्यले

काठमाडौं । चर्चित कलाकार हरिवंश आचार्यले आफ्नो ६१ औँ जन्मदिन मनाएका छन् । न हरिवंशले चलचित्र ‘सत्रुगते’को छायांकनस्थल भक्तपुरको बालकोटस्थित रोज भिलेजमा बरिष्ठ कलाकार आचार्यले चलचित्रकर्मी र पत्रकारहरुको माझमा मनाएका हुन् । अभिनय , गायन, समाजसेवा, लगायतका विधामा निकै नै सिपालु आचार्य बहुआयामिक प्रतिभाका धनी मानिन्छन् ।

पिता होमञ्जय आचार्य र माता गणेशकुमारीबाट वि।सं। २०१४ कात्तिक २७ गते काठमाडौंमा जन्मिएका उनले २०४० मा मीरा आचार्य सँग विवाह गरे। उनका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। उनकी जेठी श्रीमती मीरा आचार्य २०११ अप्रिल २०मा ह्रृदयघातबाट मृत्यु भएपछि उनले वि।सं। २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरेर आफ्नो जिन्दगी खुशीसाथ अगाडी बढाइरहेका छन् ।

प्रतिकृया दिनुहोस